चन्दा कार्कीलाई रघुजी पन्तको जवाफ : २ करोड भोट ल्याएपनि भ्रष्टाचारमा अनुसन्धान हुनुपर्छ
काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्तले सबभन्दा बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका व्यक्तिहरु पूर्वगृहमन्त्रीहरु रहेको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सोमबार राज्य व्यवस्था समितिमा भएको छलफलमा सांसद पन्तले पूर्वगृहमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशीलगायतको नाम लिँदै उनले चुनावमा धेरै मत ल्याउँदैमा उसले भ्रष्टाचार गर्दैन भन्न नसकिने बताए ।
‘कसैले दुई करोड मत नै किन नल्याओस् ?’, प्रश्न गर्दै पन्तले भने, ‘कुनैपनि व्यक्तिलाई विना न्यायिक अनुमति थुनिराख्नु गैरन्यायिक कुरा हो ।’
उनले न्यायपालिकाले अनुमति दिएर अनुसन्धान भइरहेको छ भने नाराजुलुस गर्नु नहुने बताए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि शुभचिन्तकहरुले भेला चिन्तन गर्नु सामान्य भएको बताएकी थिइन् । कार्कीको यस्तो अभिव्यक्तिको जवाफ दिँदै पन्तले जतिसुकै लोकप्रिय मत ल्याएपनि उसलाई अभियोग वा आरोप लागेको छ भने न्यायिक अनुसन्धान हुनुपर्ने र त्यसविरुद्ध नाराबाजी वा प्रदर्शन गर्न नहुने बताएका हुन् ।
लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले सरकारविरोधी प्रदर्शन गर्दै आएपछि सत्तापक्षले न्यायालय प्रभावित गर्न खोजेको दाबी गरेको छ ।
‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन । १२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो । रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन । अहिले प्रहरीमा मात्र पुगेको हो । हामीले आन्दोलन गलत मनसायले गरेको हैन’, समितिको बैठकमा रास्वपा सांसद कार्कीले भनेकी थिइन् ।
कार्कीले रवि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत छानबिन हुनुपर्ने र प्रमाणको आधारमा गृहले काम गर्नुपर्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण