समाचार
नेपाली सेनालाई हतियार किन्न सुरक्षा परिषद्को प्रस्ताव
सोमबार, १२ कात्तिक २०८१, १७ : ४१
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनालाई चाहिने हात हतियार, खरखजना र सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको छ ।
आइतबार बसेको परिषद्को बैठकले सेनालाई सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको रक्षा सचिव रामेश्वर दंगालले जानकारी दिए । प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृति दिए सेनालाई हतियार खरिद गर्न बाटो खुल्छ ।
त्यस्तै बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र अपनाउनुपर्ने सावधानी र मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिका बारेमा छलफल भएको छ ।
सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छभने रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहन्छन् । त्यस्तै रक्षा सचिव परिषद्को सदस्यसचिव रहने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण