रवि थुनामा भएका बेला रास्वपा नेताको प्रधानमन्त्री र गृहमन्त्रीसँग अर्थपूर्ण भेट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा थुनामा रहेका बेला सोही पार्टीका नेताले प्रधानमन्त्री र गृहमन्त्रीसँग अर्थपूर्ण भेटवार्ता गरेका छन् ।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि अनुसन्धान गर्न सभापति लामिछानेलाई प्रहरीले २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेको हाल पोखरामा बयान जारी छ ।
लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी थुनामा राखेको भन्दै रास्वपाले कात्तिक ३ गतेदेखि नै विरोध प्रदर्शन गरिरहेको छ । विरोध प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री र सरकारलाई चर्को गाली गरिरहेका छन् ।
सोही क्रममा सोमबार रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी) र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेका हुन् ।
गृहमन्त्री लेखकसँग अर्याल एक्लै सिंहदरबार पुगेर भेटेका थिए भने बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्न अर्याल र परियार दुवै गएका थिए ।
‘सोमबार साँझ डीपी अर्याल र सन्तोष परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार आउनुभएको थियो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने,‘भेटमा के–के भयो भन्ने हामीलाई जानकारी हुने कुरा भएन ।’
रास्वपाका उपसभापति अर्यालले आफूले सोमबार गृहमन्त्री लेखकसँग भेटेको स्वीकार गरेका छन् । उनले गृहमन्त्रीसँगको भेटवार्ता मंगलबारको आन्दोलन र शान्तिसुरक्षाबारे केन्द्रित भएको जनाएका छन् ।
रास्वपाले एकातिर सडकमा आन्दोलन चर्काउने र अर्कोतिर प्रधानमन्त्री तथा गृहमन्त्रीसँग भेटको विषयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण