प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन चिकित्सक संघको आग्रह
काठमाडौँ ।नेपाल चिकित्सक संघले प्लास्टिकजन्य वस्तुको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्याउने भन्दै रोक लगाउन सरकारलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति निकाल्दै संघले प्लास्टिकबाट सिर्जित प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्न गई क्यान्सर जस्तो जटिल रोगको जोखिम बढ्ने खतरा भएकाले रोक लगाउन आग्रह गरेको हो ।
दिन प्रतिदिन बढिरहेको प्लास्टिक तथा प्लास्टिकबाट बनेका झोलाहरुका साथै अन्य प्लास्टिकजन्य वस्तुहरूको प्रयोगले वातावरण तथा मानवीय स्वास्थ्यमा गम्भीर असर पुगिरहेको भनेर विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले फोहोर व्यवस्थापनमा समस्या आई जल तथा बायु प्रदूषण बढ्नुका साथै माटोको उर्वराशक्तिमा कमी हुन गई खेतीयोग्य जमिनको उत्पादकत्वमा समेत ह्रास आइरहेको विज्ञप्तिमा भनिएको छ ।
यसले निम्त्याउने वातावरणीय असन्तुलनले मानिस मात्र नभई अन्य जीवजन्तु तथा वनस्पतिहरूमा पनि नकारात्मक असर पुगिरहेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण