मध्यरातमा प्रधानमन्त्री ओलीले लेखे 'मन र मस्तिष्कको द्वन्द्व'
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि निर्णय लिनुभन्दा पहिले मस्तिष्कसँग परामर्श गर्नु उपयुक्त हुने बताएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमा मन र मस्तिष्कको 'टग अफ वार' बारे भिडियो सन्देश राख्दै प्रधानमन्त्री ओलीले मस्तिष्कले सधैँ दीर्घकालीन परिणामलाई हेरेर निर्णय गर्ने बताएका छन् ।
'मन तुरुन्तै आनन्दको खोजीमा हुन्छ, मस्तिष्क भने दीर्घकालीन परिणामलाई हेरेर निर्णय गर्छ । मनले स्वच्छन्दता खोज्छ, तर मस्तिष्कले स्थायित्व खोज्छ,' ओलीले भनेका छन्, 'मस्तिष्क सदैव दीर्घकालीन हुन्छ र मन क्षणिक । यही हो मन र मस्तिष्कको द्वन्द्व, ‘टग अफ वार’ । जब मनले तिमीलाई केही गर्न आदेश दिन्छ, एकछिन रोकिएर मस्तिष्कसँग परामर्श गर । मस्तिष्कसँगको परामर्शपछि मात्र निर्णय लेऊ । अनि यहीँबाट सही निर्णयको मार्ग प्रस्फुटित हुन्छ ।'
प्रधानमन्त्री ओलीले राखेको भिडिओ सन्देश : -
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण