सीआईडीको सिजन २ को सुटिङ सुरु
नयाँ दिल्ली । भारतीय टिभी उद्योगको चर्चित जासुसी शो सीआईडीको पुनरागमन हुँदैछ । यो शोले विगत २० वर्षदेखि दर्शकको मन जित्दै आइरहेको छ । ६ वर्षपछि शो नयाँ सिजनका साथ फर्किदैंछ ।
नोभेम्बर १२ बाट हुनेछ मुम्बईमा सुटिङ सुरु
नयाँ सिजनको सुटिङ नोभेम्बर १२ बाट मुम्बईमा सुरु हुँदैछ । । यसपटक टिमले मुम्बईका विभिन्न ठाउँमा सुटिङ गर्नेछ । च्यानलले पहिलो एपिसोड डिसेम्बरको मध्यमा प्रसारण गर्ने निर्णय गरेको छ । यस सिजनमा करिब ६० एपिसोड बनाइनेछ । यी एपिसोडहरू प्रत्येक हप्ता दुई पटक सप्ताहान्तमा शनिवार र आइतबार प्रसारण हुनेछन् । टोलीले मुम्बईका खास ठाउँ, पार्क र बजारमा सुटिङ गर्नेछ । यस पटक शोमा नयाँ पात्र, नयाँ कथा र रोचक ट्विस्ट देखाइनेछ । निर्माता दर्शकलाई दोब्बर मनोरञ्जन दिन चाहन्छन् ।
नयाँ सिजनको कहानीमा ट्विस्ट
नयाँ सिजनको कथामा, अभिजित (आदित्य श्रीवास्तव) र दया (दयानन्द शेट्टी) एकअर्काका कट्टर दुश्मन बनेका छन् । नयाँ प्रोमो अनुसार उनीहरुबिचको सम्बन्ध बिग्रिएको छ । सीआइडीको जग नै हल्लिएको छ । एसीपी प्रद्युम्न (शिवाजी साटम) को संसार पूरै फेरिएको छ । सीआईडी सोनी टिभीमा सन् १९९८ मा सुरु भएको थियो । सन् २०१८ सम्म यो शो निरन्तर चल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण