बायर्न म्युनिख जर्मन कपको अन्तिम १६ मा
काठमाडौँ । प्रभावशाली क्लब बायर्न म्युनिख डीएफबी–पोकल कप (जर्मन कप) फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । बायर्न म्युनिखले बिहीबार विहान सम्पन्न दोस्रो चरणको खेलमा मिन्जमाथि ४–० गोलको सजिलो जित हासिल गर्यो ।
बायर्न म्युनिखका लागि जमाल मुसियालाले ह्याट्रिक गरे । २१ वर्षीय आक्रामक मिडफिल्डर जमालले निर्धारित समयको दोस्रो मिनेटमै पहिलो गोल गरेका थिए । उनले ३७औँ मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थपेका थिए ।
बायर्न म्युनिखका लागि अर्को एक गोल भने लेरोय सानेले गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । जारी सिजनको जर्मन कपमा बायर्नलाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको छ ।
जर्मन कपमा बायर्न म्युनिख सबैभन्दा सफल क्लब पनि हो । हालसम्म बायर्न म्युनिखले सर्वाधिक २० पटक यो प्रतियोगिताको उपाधि चुमिसकेको छ । बायर्न म्युनिख चारपटक उपविजेता पनि बनेको छ । बायर्न म्युनिखले पछिल्लो पटक सन् २०२० मा यो प्रतियोगिताको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण