सहकारी प्रकरणमा दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुन्छः पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् ।
नेकपा एमाले ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुने बताएका हुन् । सबै दलका प्रतिनिधि रहेको संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए ।
पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षडयन्त्र भइरहेको धारणा समेत राखे । उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।
पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रूपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढङ्गले कुनै काम नभएको दाबी गरे।
मीन बहादुर गुरुङ एमाले निकट भएकै उनलाई कारण २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरेको पोखरेलले बताए ।
पोखरेलले कांग्रेस–एमालेबीचको सहकार्य आगामी चुनावसँग रहने र त्यसपछि पार्टी एक्लै चुनाव लड्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण