सहकारी प्रकरणमा दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुन्छः पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् ।
नेकपा एमाले ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुने बताएका हुन् । सबै दलका प्रतिनिधि रहेको संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए ।
पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षडयन्त्र भइरहेको धारणा समेत राखे । उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।
पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रूपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढङ्गले कुनै काम नभएको दाबी गरे।
मीन बहादुर गुरुङ एमाले निकट भएकै उनलाई कारण २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरेको पोखरेलले बताए ।
पोखरेलले कांग्रेस–एमालेबीचको सहकार्य आगामी चुनावसँग रहने र त्यसपछि पार्टी एक्लै चुनाव लड्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा