भ्रष्टाचार विरूद्धको आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक
काठमाडौँ । साहित्यकार होमनाथ खत्री (होम दिम्माली) द्वारा रचित ’आत्मिकी अन्धकार’ नामक कविता संग्रह लोकार्पण गरिएको छ । भ्रष्ट, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित पुस्तकलाई जुबु खप्तडी बस्नेत सेवा समाजले लोकार्पण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्रष्टा खत्रीले पछिल्लो समय समाजभित्र बढेको खराब प्रवृत्तिलाई प्रहार गर्नुपर्ने बताए । असल शिक्षा र आत्मिकी ज्ञानको अभावले समस्या भएको हो । त्यसैले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको अवस्था बदल्न सबैको मन सफा हुनुपर्छ ।’ स्रष्टा खत्रीको भनाइ थियो ।
लुम्बिनी प्रिन्टिङ सर्भिसले प्रकाशन गरेको कविता संग्रहलाई जेष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतको बाहुलीबाट लोकार्पण गरिएको थियो । काठमाडौंको जरङ्खु हाईटमा समाजका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतदेखि विभिन्न क्षेत्रका लब्धप्रतिष्ठितहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण