तिहारमा ढाकाटोपीको व्यापार बढ्दो छ : व्यापारी
काठमाडौँ । तिहारमा ढाकाटोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरू सन्तुष्ट देखिएका छन् ।
स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइटीकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गरे । उनले गत वर्ष भन्दा यस वर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिए ।
सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरू आएको व्यापारीहरूको भनाई छ । उनीहरूले ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गइरहेको प्रतिक्रिया दिए ।
व्यापारी सिलवालले भने,‘पोहोरको दाँजोमा यस वर्ष एकदम सस्तो भएको छ । विशेष गरेर सानोतिनो वर्गका मान्छेले पनि टोपी लगाउन सक्ने स्थितिको टोपीहरू बजारमा आएको छ । अरूमा मूल्य बढे पनि टोपीमा घटेर आएको छ । एउटा सर्वसाधारणले लगाउन सक्ने खालको स्थितिमा आएको छ टोपी । तिहारको कारणले टोपीको व्यापार पनि राम्रै भइराखेको छ ।’
नेपालमा चाडपर्व दसैँ–तिहार, विवाह, व्रतबन्धलगायतका उत्सवहरूमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारको रूपमा पनि ढाकाटोपी दिने चलन अधिक रूपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण