गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसङ्घको चेतावनी
न्युयोर्क । उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले “विनाशकारी“ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् । मानवीय मामिलाका लागि कार्यवाहक उप–महासचिव र आपतकालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले उत्तरी गाजामा प्यालेस्टिनीहरुले रोग, भोकमरी र हिंसाका कारण “मृत्युको जोखिम“ सामना गरिरहेको बताएका छन् ।
अधिकारीहरूले पहुँचमा प्रतिबन्धका कारण आधारभुत आवश्यकताहरूसमेत पूरा गर्न मानवीय सहायता अपर्याप्त रहेको कुरामा जोड दिएका छन् । उनीहरूले मानविय जिवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउदै व्याप्त असुरक्षाका कारण प्रभावितहरु सम्म सहयता पुग्न नसकेको बताएका छन् ।
उनीहरूले सम्बन्धित पक्षलाइ गाजामा आक्रमण रोकी महत्वपूर्ण सहायता पुर्याउने सहायता कामदारहरूलाई सुरक्षित पहुँचको अनुमति दिन आह्वान गरेका छन् । यस हप्ताको सुरुमा, प्यालेस्टिनी नागरिक सुरक्षाले उत्तरी गाजाको जबालिया, बेत लाहिया र बेत हानुनमा करीव एश लाख मानिसहरू खाना तथा चिकित्सा आपूर्तिको अभावमा रहेको रिपोर्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण