गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसङ्घको चेतावनी
न्युयोर्क । उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले “विनाशकारी“ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् । मानवीय मामिलाका लागि कार्यवाहक उप–महासचिव र आपतकालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले उत्तरी गाजामा प्यालेस्टिनीहरुले रोग, भोकमरी र हिंसाका कारण “मृत्युको जोखिम“ सामना गरिरहेको बताएका छन् ।
अधिकारीहरूले पहुँचमा प्रतिबन्धका कारण आधारभुत आवश्यकताहरूसमेत पूरा गर्न मानवीय सहायता अपर्याप्त रहेको कुरामा जोड दिएका छन् । उनीहरूले मानविय जिवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउदै व्याप्त असुरक्षाका कारण प्रभावितहरु सम्म सहयता पुग्न नसकेको बताएका छन् ।
उनीहरूले सम्बन्धित पक्षलाइ गाजामा आक्रमण रोकी महत्वपूर्ण सहायता पुर्याउने सहायता कामदारहरूलाई सुरक्षित पहुँचको अनुमति दिन आह्वान गरेका छन् । यस हप्ताको सुरुमा, प्यालेस्टिनी नागरिक सुरक्षाले उत्तरी गाजाको जबालिया, बेत लाहिया र बेत हानुनमा करीव एश लाख मानिसहरू खाना तथा चिकित्सा आपूर्तिको अभावमा रहेको रिपोर्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते