१० बजे, १० समाचार
आज २०८१ कार्तिक १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा विश्व बजारमा चम्किँदै नेपाली ब्राण्ड, पूर्वमुमा बडामहारानी अस्वस्थ, कूटनीतिक मर्यादा उल्लङ्घन गरी जापान पुगेर फर्किए कोशीका मन्त्री अधिकारी, वायु प्रदूषित सहरको १८ औँ नम्बरमा काठमाडौँ, चार महिनामै सकिए सस्ता सेयर, ‘हनिमुन पिरियड’ सकिँदा पनि बागमती सरकार देखिएन प्रभावकारी, सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य सिफारिस लगायत छन् ।
१. विश्व बजारमा चम्किँदै नेपाली ब्राण्ड
निर्यातको तुलनामा आयात बढी हुनाले नेपाल बर्सेनि व्यापार घाटा झेलिरहेको छ । यद्यपि, केही नेपाली ब्राण्डले विश्व बजारमा राम्रो प्रभाव पारेका छन् ।
२. पूर्वमुमा बडामहारानी अस्वस्थ
पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
३. कूटनीतिक मर्यादा उल्लङ्घन गरी जापान पुगेर फर्किए कोशीका मन्त्री अधिकारी
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी कूटनीतिक मर्यादा उल्लङ्घन गरेर जापान पुगेर फर्किएको खुलेको छ । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषदबाट निर्णय गराउनु त कता हो कता, मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत जानकारी नदिएको खुलेको हो ।
४. वायु प्रदूषित सहरको १८ औँ नम्बरमा काठमाडौँ
वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार काठमाडौँ वायु प्रदूषित सहरको १८ औँ नम्बरमा परेको छ । उक्त सूचीको पहिलो नम्बरमा भारतको राजधानी नयाँदिल्ली छ ।
५. चार महिनामै सकिए सस्ता सेयर
चार महिनाअघि अर्थात् असार १७ गते दोस्रो बजारमा कारोबार हुने सेयरमध्ये २३ वटाको मूल्य २०० रुपैयाँभन्दा कम थियो । यो सूचीमा १० वटा त वाणिज्य बैंकमात्रै थिए । चार महिनाको अन्तरालमा भने अवस्था परिवर्तन भएको छ । सस्तो मूल्यका सेयरहरू अहिले बजारमा सकिएका छन् । तिहार सुरु हुनुअघि कात्तिक १४ गतेसम्म बजारमा कुनै पनि कम्पनीको साधारण सेयर यो रेन्जमा पाउन छाडिएको छ ।
६. ‘हनिमुन पिरियड’ सकिँदा पनि बागमती सरकार देखिएन प्रभावकारी
संसदीय अंकगणितमा निकै बलियो देखिएको बागमती सरकारले १०० दिन अर्थात् ‘हनिमुन पिरियड’ पूरा गर्दा पनि प्रभावकारी काम गर्न सकेको छैन । सरकार विभिन्न उल्झनमा अल्झिरहेको छ भने जनताका प्राथमिकतालाई सम्बोधन गर्न सकेको देखिँदैन ।
७. सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य सिफारिस
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सदस्यहरूमा नेकपा एमालेको प्रचार विभागका सचिव गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।
८. ‘सर्च कमिटीलाई मानवअधिकारकर्मी र पीडितका सुझाव
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि पदाधिकारी छान्न गठन भएको सर्च कमिटीलाई मानव अधिकारकर्मी र पीडित परिवारले यसअघिका कमजोरीबाट सिकेर अघि बढ्न सुझाव दिएका छन् ।
९. १० बुँदे एजेण्डाका साथ मेची–महाकाली युवा सङ्कल्प यात्रा हुँदै
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको संयोजनमा मेची महाकाली युवा सङ्कल्प यात्रा आयोजना हुने भएको छ । कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
१०. काठमाडौँ उपत्यकामा हल्का वर्षा
सोमबार काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ । काठमाडौँको विभिन्न क्षेत्रमा हल्का वर्षा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण