एलन मस्कले मतदातालाई दिनहुँ १० लाख डलर अभियान जारी राख्न सक्ने
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले स्विङ्ग स्टेटमा मतदाताहरूलाई १० लाख डलर दिने अभियान जारी राख्न सक्ने भएका छन् ।
पेन्सिल्भेनियाका न्यायाधीश एन्जेलो फोगिलिट्टाले यस्तो फैसला गरेका हुन् । नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनमा मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सघाउन अमेरिका पीसीए नामक राजनीतिक समूह खोलेका छन् । यस अन्तर्गत मस्कले स्विङ्ग स्टेट भने प्रसिद्ध अमेरिकाका सात राज्यमा हरेक दिन एक जना मतदातालाई १० लाख डलर दिइरहेका छन् । यो अभियान मंगलबार अन्त्य हुँदैछ ।
यसअन्तर्गतका अन्तिम प्रापकको नाम पनि घोषित भइसकेको छ । समूहले यस अभियानबाट पैसा पाउने मतदाताको चयन लटरीबाट गरेको होइन । समूहले छानेको हो । अभियान गैरकानूनी भएको भन्दै यसको विरुद्धमा फिलाडेल्फियाका जिल्ला वकिल लरेनस क्रास्नरले अमेरिका पीसीएलाई मुद्दा हालेका थिए । न्यायाधीश फोग्लिट्टाले आफ्नो फैसलाको कारण दिएका छैनन् ।
१० लाख डलर लटरीबाट नछानेको वकिल क्रिस गबरले भनेका छन् । आज र भोलि १० लाख डलर पाउने पापक को हुनेछ भन्ने कुरा आफूहरूलाई ठ्याक्कै थाहा भएको गबरले भनेका छन् । अन्तिम प्रापक मिसिगन राज्यका मतदाता हुने पनि उनले अदालतमा भने ।
सोमबारका लागि समूहले एरिजोनाका जोशुहा नाम गरेका व्यक्तिलाई छानेका थिए । गएको महिना मस्कले यो अभियानको घोषणा गर्दा अमेरिकी संविधानको पहिलो र दोस्रो संशोधनको पक्षमा याचिकामा हस्ताक्षर गर्न दर्ता भएका मतदाताहरूको भीड लाग्ने ठानिएको थियो ।
त्यसको केही दिन पछि अमेरिकी रक्षा मन्त्रालयले यो समूहले निर्वाचनससम्बन्धी कानू मिचेको हुन सक्ने भन्दै चेतावनी दिएको थियो । अमेरिकी कानुनले दर्ता भएका मतदातालाई यसरी पैसा बाँड्न निषेध गरेको छ । क्रास्नरको कार्यालय यो अभियान रोक्न मुद्दा हालेको थियो । यस पटकको निर्वाचनमा मस्क खुलेर ट्रम्पको पक्षमा लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण