म नयाँ राष्ट्रपति बन्न तयार छु : ह्यारिस
मङ्गलबार, २० कात्तिक २०८१, १२ : ५७
वासिङ्टन डीसी । मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले आफू अर्को राष्ट्रपति बन्न तयार रहेको बताएकी छिन् । फिलाडेल्फियामा आफ्नो अन्तिम चुनाव प्रचार प्रसार अभियानको क्रममा मञ्चमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
अमेरिका के हो भनेर देखाएकोमा आफ्ना समर्थकलाई धन्यवाद भन्दै उनले यी सबैमा आफूहरू सबै एकै ठाउँमा रहेको बताएकी थिइन् । आफ्नो चुनावी अभियान अमेरिकीहरूको महत्त्वाकाङ्क्षा, आकाङ्क्षा र सपनालाई जागृत गरेको अनि मिलेर के गर्न सक्छौँ भन्नेबारे आफू आशावादी र उत्साहित रहेको पनि उनले बताइन् । मतदातासामु भय र विभाजनले डोर्याएको दशकयताको राजनीतिको पृष्ठ पल्टाउने अवसर भएको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण