कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा अनुबन्ध
कार्तिक । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ । चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् ।
यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।
बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–ट्वेन्टी आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए । एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको कीर्तिमान तोडेका हुन् । कुशलले गत वर्ष चीनको हन्झाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए । दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् ।
चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटनेले खुसी व्यक्त गरेका छन् । ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी–ट्वेन्टी क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ । अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ,’ उनले भने ।
चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी–इटन र मल्ल एकै टोलीमा भएको कारण एनपीएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026