खानेपानीको वितरण सहज बनाउन मन्त्री यादवको निर्देशन
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा सहज रुपमा खानेपानी सेवा उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएका छन् । काठमाडौँ उपत्यकाका खानेपानी संरचनामाथि भएका अध्ययन प्रतिवेदनका सम्बन्धमा मंगलबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा मन्त्री यादवले उक्त निर्देशन दिएका हुन् ।
उनले भने, 'काठमाडौँमा खानेपानीको दीगो व्यवस्थापनका लागि वित्तीय, प्राविधिक, कानुनी पाटोमा समयसापेक्ष सुधार गरी संविधान प्रदत्त खानेपानी सेवा सहज रुपमा उपलब्ध गराउन म निर्देश गर्छु ।' उनले पानी वितरणमा देखिएको समस्याको दीर्घकालीन समाधानमा लाग्न समेत निर्देशन दिएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।
त्यसअवसरमा विज्ञ डा महेश भट्टराईले खानेपानी क्षेत्रका सम्बन्धमा सुधारका लागि हालसम्म भएका अध्ययनहरु समावेश प्रस्तुतीकरण गरेका थिए ।
काठमाडौँ उपत्यकामा खानेपानीको सहज आपूर्तिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा चाल्नुपर्ने कदममाथि छलफल भएको मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण