पाकिस्तानमा सैनिक कारबाहीमा सात आतङ्ककारीको मृत्यु
बुधबार, २१ कात्तिक २०८१, ०० : ३०

इस्लामाबाद । पाकिस्तानी सेनाले देशभरि गरेको छुट्टाछुट्टै कारबाहीमा सात जना आतङ्ककारीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आइएसपिआर) ले उक्त घटना उत्तरी बजिरिस्तान आदिवासी जिल्लामा भएको बताएको छ । यहाँ सेनाद्वारा गरिएको अपरेशनमा एक आतङ्कवादी मारिएका थिए ।
दोस्रो घटना छिमेकी दक्षिण बजिरिस्तान जिल्लामा भएको थियो । यहाँ सेनाले पाकिस्तान–अफगानिस्तान सीमाबाट घुसपैठ गर्न खोजिरहेका आतङ्कवादीहरूलाई रोकेको थियो ।
यस घटनापछि गोलीबारी सुरु हुँदा पाँच आतङ्ककारी मारिएका र अन्य तीन घाइते भएका थिए ।
यसैबीच पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार सुरक्षा बलसँगको भिडन्तमा एक आतङ्कवादी मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा