पाकिस्तानमा सैनिक कारबाहीमा सात आतङ्ककारीको मृत्यु
बुधबार, २१ कात्तिक २०८१, ०० : ३०
इस्लामाबाद । पाकिस्तानी सेनाले देशभरि गरेको छुट्टाछुट्टै कारबाहीमा सात जना आतङ्ककारीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आइएसपिआर) ले उक्त घटना उत्तरी बजिरिस्तान आदिवासी जिल्लामा भएको बताएको छ । यहाँ सेनाद्वारा गरिएको अपरेशनमा एक आतङ्कवादी मारिएका थिए ।
दोस्रो घटना छिमेकी दक्षिण बजिरिस्तान जिल्लामा भएको थियो । यहाँ सेनाले पाकिस्तान–अफगानिस्तान सीमाबाट घुसपैठ गर्न खोजिरहेका आतङ्कवादीहरूलाई रोकेको थियो ।
यस घटनापछि गोलीबारी सुरु हुँदा पाँच आतङ्ककारी मारिएका र अन्य तीन घाइते भएका थिए ।
यसैबीच पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार सुरक्षा बलसँगको भिडन्तमा एक आतङ्कवादी मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण