अमेरिकी राष्ट्रपति निर्वाचन
प्रारम्भिक रुझानमा ट्रम्प अगाडि
बुधबार, २१ कात्तिक २०८१, ०७ : ४७
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति चुनावको लागि मतदान मंगलबार नोभेम्बर ५ मा भयो। यस चुनावमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच छ ।
धेरै राज्यमा मतदान सकिएपछि मतगणना सुरु भएको छ । केही राज्यमा नतिजा आउन पनि थालेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि छन् ।
उनले १० राज्यमा जित हासिल गरेका छन् । छवटा राज्यमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस विजयी भएकी छन् ।
ट्रम्पले इन्डियाना र केन्टकीमा जित हासिल गरेका छन् । जबकि उनका प्रतिद्वन्द्वी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस भर्मन्टमा विजयी भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण