लेभरकुजनमाथि लिभरपुलको गोल वर्षा
बुधबार, २१ कात्तिक २०८१, ०७ : ५५
एनफिल्ड । लुइस डियाजको ह्याट्रिकको मद्दतले लिभरपुलले जर्मन च्याम्पियन बायर लेभरकुजनमाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिग अन्तरगतको खेलमा लिभरपुल ४–० गोलले विजयी बनेको हो ।
पहिलो हाफमा बराबरीमा टुंगिएपछि लिभरपुलले दोस्रो हाफमा गोल वर्षा गरेको थियो । ६१ औँ मिनेटमा डियाजले घरेलु टोलीलाई अग्रता दिलाए । २ मिनेटपछि कोडी गाक्पोले अग्रता दोब्बर बनाए ।
८३ औँ मिनेटमा डियाजले अर्को गोल थपे भने इन्जुरी समयमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । खेलमा मोहम्मद शालाहले दुईवटा गोलको अवसर सिर्जना गरेका थिए ।
जितपछि च्याम्पियन्स लिगको नयाँ फर्म्याटको अङ्क तालिकामा लिभरपुल शीर्ष स्थानमा रहेको छ । ४ खेलपछि टोलीको सबैभन्दा धेरै १२ अङ्क रहेको छ । लेभरकुजन भने ७ अङ्कसहित ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण