अमेरिकी राष्ट्रपति निर्वाचन
अमेरिकी राष्ट्रपति निर्वाचन : महिला र पुरुषमा कसले कसलाई समर्थन गर्दैछन् ?
बुधबार, २१ कात्तिक २०८१, १० : २१
वासिङ्टन । यो अमेरिकी राष्ट्रपति चुनावमा अधिकांश महिला र पुरुषले कसलाई समर्थन गरिरहेका छन् भन्ने एक्जिट पोलको तथ्यांकमा देखिएको छ । अधिकांश महिला कमला ह्यारिसको समर्थनमा देखिएका थिए भने पुरुषहरू डोनाल्ड ट्रम्पको समर्थनमा देखिएका छन् ।
कमला ह्यारिसलाई ५४ प्रतिशत महिलाको समर्थन प्राप्त भएको तथ्याङ्कले देखाएको छ । जहाँ २०२० मा ५७ प्रतिशत महिलाले जो बाइडेनलाई समर्थन गरेका थिए ।
चुनावी नतिजाहरू एक्जिट पोलबाट अनुमान मात्रै गर्न सकिन्छ। यी वास्तविक परिणाम भने होइनन्।
तर, पछिल्लो निर्वाचनको तुलनामा डेमोक्रेटिक पार्टीलाई महिलाको समर्थनमा कमी आएको तथ्याङ्कले देखाएको छ । जुन ह्यारिसको पार्टीका लागि चिन्ताको विषय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण