पेन्सिल्भेनियामा ट्रम्प र ह्यारिसबिच कडा टक्कर
वासिङ्टन डीसी । अमेरिकी राज्य पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्मको मतगणनामा डोनाल्ड ट्रम्प अगाडि छन् भने कमला ह्यारिसले उनलाई पछ्याइरहेकी छिन् ।
अन्य राज्यहरूको तुलनामा, पेन्सल्भेनियामा धेरै १९ इलेक्टोरल कलेज भोट छ । यस्तो अवस्थामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका लागि यो राज्यमा जित महत्त्वपूर्ण हुनेछ ।
पेन्सिलभेनियामा पनि मतगणना बिस्तारै भइरहेको छ । यहाँको कानुनअनुसार मेलबाट प्राप्त मतपत्रको मतगणना निर्वाचनको दिनसम्म सुरु गर्न पाइँदैन । यस्तो अवस्थामा २०२० को चुनावमा जस्तै राज्यमा कसले जित्ला भनेर पत्ता लगाउन धेरै दिन लाग्न सक्छ ।
सन् ०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले यहाँ शून्य दशमलव ७२ प्रतिशत मतको अन्तरले जित हासिल गरेका थिए भने सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडेन १ दशमलव १७ प्रतिशत मतान्तरले विजयी भएका थिए । यस्तो अवस्थामा ट्रम्प र ह्यारिसबिच यसपटक कसले जित्ला भन्ने अनुमान गर्न गाह्रो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण