अमेरिकी राष्ट्रपति निर्वाचनको प्रभाव : शेयर बजारमा वृद्धि
वासिङ्टन डीसी । बुधवार विश्व शेयर बजार उकालो लागेको छ । विश्वभर लगानीकर्ताहरू विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामा मङ्गलवार भएको राष्ट्रपतिको निर्वाचनको परिणाम पर्खिरहँदा शेयर बजार बढेको हो । एसियामा बुधवार अधिकांश मुख्य शेयर परिसूचक हरियोमा छन् ।
यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार बिहान १०ः ५७ बजे चीनमा साङ्हाई कम्पोजिट शून्य दशमलव १६ प्रतिशतले बढेर ३ हजार ३९२ दशमलव ३६ अङ्कमा आएको छ । हङकङमा भने हाङशेङ २ दशमलव ६८ प्रतिशतले घटेर २० हजार ४५९ दशमलव २६ अङ्कमा झरेको थियो ।
जापानमा निक्केई २५ परिसूचक २ दशमलव शून्य ३ प्रतिशतको वृद्धिसहित ३९ हजार २६५ दशमलव ७८ अङ्कमा उक्लिएको थियो । दक्षिण कोरियामा कोस्पी शून्य दशमलव ९७ प्रतिशतले घटेर २ हनार ५५१ दशमलव ८३ अङ्कमा समेटिँदा सिंगापुरमा स्ट्रेट टाइम्स शून्य दशमलव शून्य ४ अंकले बढेर ३ हजार ५८२ दशमलव ९९ अङ्कमा पुगेको थियो ।
भारतमा सेन्सेकस समेत अधिकांश मुख्य शेयर परिसूचक हरियोमै थिए । बुधबारको कारोबारमा बैंकक, ताइवानमा शेयर बजार हरियोमा रहँदा इन्डोनेसियाको शेयर बजार रातोमा आएको थियो । अमेरिकामा बुधवार शेयर बजार बढ्दो फ्यूचर्सले देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण