७ ‘स्वीङ स्टेट’ मध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले बाजी मारे, बाँकी ६ राज्यमा के छ अवस्था ?
वासिङ्टन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै विभिन्न राज्यमा मतगणना भइरहेको छ । निर्वाचन परिणामका लागि अमेरिकाका ७ ‘स्वीङ स्टेट’ (कसले जित्छ भन्ने अनुमान गर्न कठिन) नै निर्णायक मानिने जानकारहरू बताउँछन् ।
तिनै ‘स्वीङ स्टेट’मध्येको एक नर्थ क्यारोलाइनामा डोनाल्ड ट्रम्प विजयी भएका छन् । सात ‘स्वीङ स्टेट’मा नर्थ क्यारोलाइनाका अतिरिक्त एरिजोना, जर्जिया, मिशिगन, नेवाडा, पेन्सिलभेनिया र विस्कन्सिन छन् ।
यसमध्ये जर्जिया र पेन्सिलभेनियामा पनि ट्रम्प जितको नजिक छन् । यी राज्यका अधिकांश मत गणाना भइसक्दा ट्रम्पले अग्रता बनाइरहेका छन् ।
एरिजोना र विस्कन्सिन राज्यमा पनि कमला ह्यारिससँग ट्रम्पले झिनो अन्तरले अग्रता बनाइरहेका छन् । यी दुवै राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।
मिशिगनमा भने कमला ह्यारिसले अग्रता बनाएकी छन् । यहाँ ३२ प्रतिशतभन्दा बढी मत गणना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण