बजारमा अधिक तरलता भएपछि एक खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरणका लागि आज बोलकबोल गर्दैछ । बजारको उच्च तरलता व्यवस्थापन गर्न बैंकले एकैपटक यो परिमाणमा निक्षेप संकलन बोलकबोल गर्न लागेको हो ।
२१ दिन अवधि रहेको उक्त मंसिर १२ गते परिपक्व हुनेछ । उक्त उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बिडिङ गर्नसक्ने उल्लेख गरिएको छ । आवेदन दिँदा कम्तीमा १० करोड रुपैयाँ र त्यसभन्दा माथि पाँच करोड रुपैयाँले भाग जाने परिमाणमा लागि बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले अघिल्लो महिना पनि राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल गरेको थियो । त्यतिबेला बैंकहरुले ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन दिएका थिए ।
बजारमा अहिले पनि उच्च चतरलताको अवस्था छ । अन्तरबैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतभन्दा तल झरेपछि खुला बजार हस्तक्षेप गर्ने राष्ट्र बैंकको नीति छ । मंगलबार अन्तरबैंक व्याजदर २.७० प्रतिशत कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा