बजारमा अधिक तरलता भएपछि एक खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरणका लागि आज बोलकबोल गर्दैछ । बजारको उच्च तरलता व्यवस्थापन गर्न बैंकले एकैपटक यो परिमाणमा निक्षेप संकलन बोलकबोल गर्न लागेको हो ।
२१ दिन अवधि रहेको उक्त मंसिर १२ गते परिपक्व हुनेछ । उक्त उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बिडिङ गर्नसक्ने उल्लेख गरिएको छ । आवेदन दिँदा कम्तीमा १० करोड रुपैयाँ र त्यसभन्दा माथि पाँच करोड रुपैयाँले भाग जाने परिमाणमा लागि बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले अघिल्लो महिना पनि राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल गरेको थियो । त्यतिबेला बैंकहरुले ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन दिएका थिए ।
बजारमा अहिले पनि उच्च चतरलताको अवस्था छ । अन्तरबैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतभन्दा तल झरेपछि खुला बजार हस्तक्षेप गर्ने राष्ट्र बैंकको नीति छ । मंगलबार अन्तरबैंक व्याजदर २.७० प्रतिशत कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण