माओवादीले बागमतीमा क–कसलाई बनायो उम्मेदवार ?
काठमाडौँ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्र बागमती प्रदेशले विभिन्न पदका लागि उम्मेदवार टुङ्ग्याएको छ । बागमतीको चार जिल्लाका विभिन्न ७ पदमध्ये काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्ष बाहेक सबै पदमा उम्मेदवार टुङ्ग्याएको हो ।
कीर्तिपुर नगरपालिकाका मेयर, गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्षसहित पाँच वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । कीर्तिपुर नगरपालिकामा रिक्त मेयर पदमा प्राडा.शिवशरण महर्जनलाई छनोट गरेको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि निमलेकी शेर्पालाई उम्मेदवार बनाएको छ । यसैगरी कीर्तिपुर–१ मा अष्टमान महर्जन, सोही नगरपालिकाको वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा रविन प्रधान र नुवाकोटको ककनी गाउँपालिका–२ मा मिलन घिमिरेलाई छनोट गरेको छ । काठमाडौँ महानगरपालिका–१६ मा उम्मेदवार छनोट हुन बाँकी रहेको माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।
उनले यस पटक अधिकांश क्षेत्रमा एकल निर्वाचन जित्ने गरी तयारी गरिएको दाबी गरे । माओवादीको पदाधिकारी बैठकले निर्वाचनमा एकल उठ्ने निर्णय गरे पनि सत्ता बाहिरका दलहरूसँग सहकार्य गर्ने विकल्प राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण