ट्रम्प विजयी भएको औपचारिक घोषणा नहुँदै बधाईको ओइरो
वासिंटन । अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको दाबी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् ।
यद्यपि, उनको जितको औपचारिक घोषणा भइसकेको छैन । तर, उनको जित सुनिश्चितजस्तै छ ।
यसबिचमै ट्रम्पलाई विश्व समुदायबाट बधाईको ओइरो आउन थालेको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिएको) मार्फत बधाई दिँदै बेलायती प्रधानमन्त्री स्टार्मरले आगामी दिनमा आफू ट्रम्पसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् ।
फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोंले पनि ट्रम्पलाई बधाई दिँदै आगामी दिनमा सहकार्यका लागि उत्सुक रहेको जनाएका छन् ।
इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको उल्लेख गरेकी छन् । ट्रम्पको जितले यो सम्बन्ध अझ मजबुत हुने उनको भनाइ छ ।
यस्तै, हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टरले पनि ट्रम्पलाई शानदार पुनरागमन गरेको भन्दै बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई ‘विश्वका लागि आवश्यक’ भनेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण