हवाई भाडा दोब्बरले बढाएको भन्दै म्यानपावर व्यवसायीहरूको आपत्ति
काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई भाडा दोब्बरले बढाएको भन्दै म्यानपावर व्यवसायीहरूले आपत्ति जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई भाडा अत्यन्तै महँगो बनाइएको भन्दै आपत्ति जनाएको हो ।
संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । जसमा उनीहरूले हवाई भाडामा कालोबजारी रोक्न माग गरेका छन् ।
वैदेशिक रोजगारमा जाने श्रमिकहरूले अत्यन्त महँगो दरमा विदेश जाने हवाई टिकट खरिद गर्नु परेको र हवाई कम्पनीहरूले दिनदिनै भाडा वृद्धिगरी रहेको उनीहरूको गुनासो छ ।
मलेसिया तथा अन्य गन्तव्य मुलुकमा दैनिक १५०० कामदार वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । तर केही सीमित एयरलाइन्सहरूको मिलेमतोमा कृत्रिम अभाव खडा गरी कालोबजारी गरेको सङ्घको ठहर छ ।
अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नतिको नाममा दैनिक १० घण्टा बन्द गरिएको कारण देखाउँदै हवाई कम्पनीहरूले सामान्यतया ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ तिर्नुपर्ने सङ्घको भनाइ छ ।
दोब्बर मूल्यको टिकटमा कामदार जान बाध्य भएकोले उक्त कालो बजारीलाई रोकेर सस्तो र सुलभ एवम् नियमित टिकटको मूल्यमा कामदार जान पाउने व्यवस्था गर्न समेत संघले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण