सोमबार, २४ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, २१ कात्तिक २०८१, २२ : ००
बुधबार, २१ कात्तिक २०८१

आज मिति २०८१ साल कात्तिक महिनाको २१ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • मन्त्री नै मानव तस्करीमा

कोशी प्रदेशका मन्त्री जोडिएको मानव तस्करीको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जाने क्रममा असम्बन्धित व्यक्तिलाई सँगै लगेर मानव तस्करी गरेको आरोप सांसद लिलाबल्लभ अधिकारीमाथि लागेको छ । सो आरोप लागेपछि बुधबारमात्रै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । 

  • अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिकामा राष्ट्रपतिको निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरिसकेका छन् । निर्वाचन आयोगले जितको घोषणा गर्न बाँकी नै रहेको भएपनि आफ्ना समर्थक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ट्रम्पले विजयी भाषण पनि दिइसकेका छन् । यसक्रममा उनले अमेरिकालाई फेरि विश्वकै महान् देश बनाउने बताएका छन् । 

  • ठप्प पार्ने चेतावनी

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

  • आईपीएल

इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा विश्वका चर्चितदेखि नयाँ खेलाडीसम्म रहेका छन् ।

  • उपनिर्वाचन

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । 

  • स्वास्थ्य सुधारोन्मुख

 प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । 

  • स्वर्णलक्ष्मी सहकारी घोटाला

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।

  • प्रधानमन्त्रीको चीन भ्रमण

नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको दुई दलीय राजनीतिक संयन्त्रको कार्यदलको संयोजन दुई दलले पालैपालो गर्ने भएका छन् । मंगलबार बसेको दुई दलीय संयन्त्रको कार्यदलको पहिलो बैठकले दुई दलले एक–एक महिना पालैपालो कार्यदलको संयोजन गर्ने निर्णय गरेको हो ।

  • दोषी ठहर

सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी एवं क्यानेडियन नागरिक पिटर जोन ड्यागिल्सलाई बाल यौन दुराचार (पेडोफाइल) मा दोषी ठहर गरेको छ । क्यानेडियन नागरिक ड्यागिल्सलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको सर्वोच्च अदालतका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।

  • मनाङे सम्पर्कविहीन

सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप