रविका लागि आन्दोलन गरिरहेको रास्वपाले स्थानीय तह उपनिर्वाचनका लागि के गर्दैछ तयारी ?
काठमाडौँ । सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको पैसा अपचलनमा संलग्न भएको भन्दै यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने हिरासतमा छन् । प्रहरीले अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ । उनका दलको नेता कार्यकर्ता भने रवि निर्दोष भएको भन्दै प्रतिशोध नसोध्न र हिरासतमुक्त गर्न भन्दै आन्दोलनमा छन् ।
एकातिर रास्वपाले सभापति लामिछानेलाई बचाउन आन्दोलन गरिरहेको छ भने अर्कोतर्फ पार्टी पहिलोपटक स्थानीय तहमा चुनाव लड्ने तयारीमा पनि छ । केन्द्रीय समितिबाटै निर्णय गरेर चुनाव लड्ने तयारी पार्टीले गरेको हो । यसका लागि पहिला सहमहामन्त्री विपीन आचार्यको नेतृत्वमा समिति बनाएर तयारी गर्ने पार्टीले निर्णय गरेको थियो । तर‚ आचार्यले उक्त समिति लिड गर्न नसकेपछि पार्टी केन्द्रीय नेता तथा सांसद गणेश पराजुलीको नेतृत्वमा रास्वपाले उपनिर्वाचनको तयारी गरिरहेको छ ।
नेता पराजुलीका अनुसार रास्वपाले हालसम्म कहाँबाट कसलाई निर्वाचन लडाउने भन्ने टुंगो लगाइसकेको छैन । तर‚ उम्मेदवार टुंगो लगाउने प्रकृया भने पार्टीले सुरू गरिसकेको छ । ‘केही समय हामी राजनीतिक घटनाक्रममा अलमलिनुपर्ने भयो । त्यसकारण निर्वाचनको तयारीमा पूर्ण समय दिन सकिएन‚’ पराजुलीले रातोपाटीसँग भने‚ ‘केन्द्रीय निर्वाचन संयोजन समिति मेरो नेतृत्वमा बनेर ३९ वटै स्थानीय तहमा निर्वाचन समिति गतिविधि अघी बढाउने काम भइरहेको छ।’
यसका लागि सम्बन्धित प्रदेश‚जिल्ला तथा पालिकासँग समन्वय गर्ने काम भइरहेको उनी बताउँछन् । ‘सम्भवतः भोली सम्म सम्बन्धित वडा पालिका तथा प्रदेशहरूले उम्मेदवार आह्वान गर्नुहुन्छ उहाँहरूले‚’ उनले भने‚ ‘आज साँझ जुम मिटिङ छ । त्यो बैठक पश्चात् उम्मेदवार आह्वान गर्ने‚ दाबी विरोधको समय दिने‚ सहमति प्रयास गर्ने नभए प्राइमरी इलेक्सन गर्ने लगायत प्रकृयामा पार्टी अघि बढ्दैछ ।’
पराजुलीका अनुसार ढिलोमा २९ गते सम्म यी सबै प्रकृया पुरा गर्ने र ३० गते सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारीमा समिति लागेको छ । ‘सबै भूगोलमा हाम्रो संयन्त्र बनिकसकेको छैन । जहाँ बलियो छ त्यहाँ त चुनाव लड्ने नै हो । जहाँ कमजोर छौँ त्यहाँ पनि पार्टीको उपस्थितिका लागि तयारी हामीले गरिरहेका छौँ‚’ उनले थपे ।
उनले संयन्त्र नभएको ठाउँमा पनि उम्मेदवार उठाउने र संगठन निर्माण र आसन्न महाधिवेशनलाई सहयोग पुग्नेगरी प्रकृया अघि बढाइने जानकारी दिए । स्थानीय तहको उपनिर्वाचन यहीँ मंसिर १६ गते हुँदैछ । निर्वाचन आयोगले मंसिर २ गतेलाई उम्मेदवारी दर्ताको समय छुट्ट्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण