प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको दुई दलीय राजनीतिक संयन्त्रको कार्यदलको संयोजन दुई दलले पालैपालो गर्ने भएका छन् ।
मंगलबार बसेको दुई दलीय संयन्त्रको कार्यदलको पहिलो बैठकले दुई दलले एक–एक महिना पालैपालो कार्यदलको संयोजन गर्ने निर्णय गरेको हो ।
जसअनुसार कार्तिक २१ देखि मंसिर २० गतेसम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यदल बैठकको संयोजन गर्नेछन् । त्यसपछि कार्यदलको संयोजन एमाले नेताले गर्नेछन् ।
सत्तारुढ दल कांग्रेस र एमालेले वर्तमान संयुक्त सरकारलाई सफल र प्रभावकारी बनाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र निर्माण गरेका थिए । संयन्त्रको कार्यदलमा कांग्रेस र एमालेका चार/चार जना नेता रहेका छन् ।
संयन्त्रको कार्यदलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका छन् ।
त्यसैगरी एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने दुई दलको निर्णय छ ।
संयन्त्रको पहिलो बैठकले चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारीको संयोजन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने निर्णय गरेको कार्यदलका सचिव केशवराज जोशीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण