‘१२ गाउँ’ को अहिलेसम्मको आम्दानी कति ?
काठमाडौँ । फूलपातीबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘१२ गाउँ’ । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्मले चौथो सातासम्म २५.५ करोड माथिको व्यवसाय गरेको छ । फिल्मका वितरक कम्पनी काफिया फिल्मसका गोविन्द शाहीले चौथो सातासम्म फिल्मले २५.५ करोड बढी व्यवसाय गरेको बताए ।
फिल्म आजबाट प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । निर्माण युनिटले यो खुसीमा फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ । जसमा प्रदर्शनरत साता ५ औँ र अहिलेसम्मको व्यवसाय २५.५ बढी भनेर उल्लेख गरिएको छ ।
फिल्ममा विराज भट्ट, विराजका छोरा समीर, न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।
विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र नीरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भूपेन्द्र अधिकारीको सम्पादन छ ।
फिल्ममा विराज स्वयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद छ । एक्सन–थ्रिलर कथामा निर्माण भएको फिल्म वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण