रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा

बुटवल । रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार बेलुकी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा सशस्त्र प्रहरीको सवारीसाधनमा ढुंगामुढा भएको हो ।
सोही स्थानका ३२ वर्षिय दिलिप लोधको घरमा खानतलासी गर्दा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिएर फर्किने क्रममा १५०–२०० जना स्थानीयहरूले बाटो अवरोध गरेका थिए।
रुपन्देही प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले राजस्व छापा मार्दा स्थानीयले अवरोध गर्न खोजेपनि पछि आफूहरू घटनास्थलमा पुगेर राजस्व छलेको समान नियन्त्रण लिन सकिएको रातोपाटीलाई बताए।
उनले अहिले उक्त समानलाई राजस्व अनुसन्धान कार्यालयले बुटवलले लगेर कारबाही प्रक्रिया अघि बढाएको बताए। अवरोध गर्ने स्थानीय भने कसैलाई नियन्त्रण लिइएको छैन ।
उक्त स्थानमा स्थानीयहरूको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लुम्बिनी रुपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको दाँयातर्फको झ्यालको दुई वटा सिसा पूर्णरुपमा फुटेर क्षति भएको छ।
त्यस्तै सशस्त्र प्रहरी नायव निरीक्षक काशी प्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको दायाँ हातमा सामान्य चोट लागेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्