कप्तानलाई नै रिलिज गरेपछि नयाँ नेतृत्वको खोजीमा पाँच क्लब
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा विश्वका चर्चितदेखि नयाँ खेलाडीसम्म रहेका छन् ।
आईपीएलमा सहभागी क्लबहरुले रिटेन (आफैसँग राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाडने) खेलाडीहरुको सूची सार्वजनिक गरेपछि अब अक्सनमार्फत दुई सय चारजना खेलाडी छनोट गरिने समाचारमा जनाइएको छ ।
आगामी आईपीएलमा सहभागी हुने १० क्लबले ४६ जना खेलाडीलाई रिटेन गरेका छन् । क्लबहरुले खेलाडी रिटेन गर्न कुल पाँच अर्ब ५८ करोड ५० लाख भारतीय रुपैयाँ खर्च गरेका छन् । तर, केही क्लबले आफ्ना कप्तानलाई नै रिलिज गरेका छन् ।
त्यसैले आईपीएलको आगामी सिजनका लागि केही क्लब नयाँ कप्तानको खोजीमा रहेका छन् । सम्वतः यी क्लबले मेगा अक्सनमार्फत नयाँ कप्तानको खोजी गर्नेछन् । राजस्थान रोयल्स, चेन्नई सुपर किङ्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले आफ्ना कप्तानलाई रिटेन गरेका छन् ।
तर, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलुरु, लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ससँग अहिले कप्तान छैनन् । यी पाँच क्लब नयाँ कप्तानको खोजीमा छन् । यसअघि दिल्ली क्यापिटल्सको कप्तान ऋषभ पन्त थिए ।
आगामी सिजनका लागि उनलाई दिल्ली क्यापिटल्सले रिलिज गरिसकेको छ । यसअघि कोलकाता नाइट राइडर्सका कप्तान श्रेयष ऐयर थिए । उनलाई पनि कोलकाताले आगामी सिजनका लागि रिलिज गरिसकेको छ । त्यसैले कोलकाता नाइट राइडर्स पनि नयाँ कप्तानको खोजीमा छ ।
यसैगरी, यसअघि रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान फाफ डु प्लेसिस थिए । उनलाई पनि बेंगलुरुले रिलिज गरेको छ । लखनउ सुपर जायन्ट्सको कप्तान भने केएल राहुल थिए । उनलाई पनि लखनउले आगामी सिजनका लागि रिलिज गरिसकेको छ ।
यसैगरी, अघिल्लो सिजन पञ्जाब किङ्सको कप्तान शिखर धवन थिए । धवनले सक्रिय खेलजीवनबाट सन्न्यासको घोषणा गरिसकेका छन् । त्यसैले पञ्जाब किङ्स पनि आगामी सिजनको आईपीएलमा नयाँ कप्तानको नेतृत्वमा मैदानमा देखा पर्नेछ ।
निकट भविष्यमा हुने मेगा अक्सनमा चारवटा क्लबले रिलिज गरेका कप्तानहरु ऋषभ पन्त, श्रेयष ऐयर, फाफ डु प्लेसिस र केएल राहुलमाथि विभिन्न क्लबले ठुलो रकमको बोली लगाउन सक्ने सम्भावना देखिन्छ ।
यसका अतिरिक्त यी पाँच क्लबले साम कुरन, जस बट्लर, लियाम लिभिङ्स्टोन र ह्यारी ब्रकु, डेभिड वार्नर, स्टिभ स्मिथ, मिचेल मार्स, ग्लेन म्याक्सवेल र एडेन मारक्रमलाई पनि कप्तानको रुपमा भित्राउन सक्ने सम्भावना छ ।
साम करन र ग्लेन म्याक्सवेलले यसअघि पञ्जाब किङ्सको कप्तानी गरिसकेका छन् । जस बट्लर, लियाम लिभिङ्स्टोन र ह्यारी ब्रुकसँग पनि विभिन्न टोलीको कप्तानी गरिसकेको राम्रो अनुभव छ । वार्नर, स्मिथ र मारक्रम पनि अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलिसकेका खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमले भित्र्यायो क्यानडाका बाजवा
-
टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु
-
मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध
-
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जना पक्राउ
-
लोकतन्त्रमा देखिने गरी काम भएको छ : महासचिव पोखरेल
-
विराटनगर घोषणापत्र जारी गर्दै बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न