चिकित्सक सङ्घ चितवन शाखाको अध्यक्षमा नेपाल
शनिबार, २४ कात्तिक २०८१, १३ : ३९
चितवन । नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा.उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा डा.दीपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा डा.नवराज लामिछाने, सहसचिवमा डा.वसन्त शर्मा, कोषाध्यक्षमा डा.विवेक कँडेल र सह–कोषाध्यक्षमा डा.सञ्जय पौडेल सर्वसम्मत निर्वाचित भएका प्रमुख निर्वाचन अधिकारी डा.प्रकाश खतिवडाले जानकारी दिए । सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
समितिको सदस्यहरुमा डा.सुरेशकुमार दीप, डा.कृष्णप्रसाद रेग्मी, डा.पुष्पराज खनिया, डा.सुन्दर गौतम र डा. आविष्कार चापागाईं चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण