लागू औषधसहित विभिन्न स्थानबाट ३ जना पक्राउ
काठमाडौँ । लागू औषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ परेका छन् । प्रहरीले नवलपरासी र तनहुँबाट लागूऔषसहित ३ जनालाई पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका–१६ चालिसकिलोस्थित सडकबाट डाईजेपाम ३० एम्पुल, फेनरागन ३० एम्पुल र आईपिपिएल ३० एम्पुलसहित तनहुँ व्यास नगरपालिका–१ बस्ने १८ वर्षीय किशोरसहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट चितवनतर्फ जाँदै गरेको लु२ ख २६२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
त्यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका– ४ बेनिटारस्थित सडकबाट लागू औषध डाईजेपाम ४३ एम्पुल, फेनारगन ४४ एम्पुल र बुप्रेनोर्फिन ४४ एम्पुलसहित लमजुङ बेशिसहर नगरपालिका–७ बस्ने २७ वर्षीय कैलाश खत्रीलाई प्रहरीले पक्राउ
गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख ०२१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई शुक्रवार लागू औषध सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण