बागमतीमा सर्वदलीय बैठक : विगतका निर्णय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय
हेटौंडा । बागमती प्रदेशको सर्वदलीय बैठकले विगतका निर्णय कार्यान्वयनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइतबार कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा बसेको बैठकले गत असोज ६ र १४ मा बसेको सर्वदलीय बैठकको निर्णय कार्यान्वयनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले गत असोज ६ मा भएको बजेट कार्यक्रममा छुट आयोजना समावेश गर्ने तथा असोज १४ मा विपद् प्रभावित नागरिकको राहत सम्बन्धमा निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनको अवस्थाबारे बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उपनेता चित्रकारले बताए ।
उनका अनुसार आइतबारको बैठकले बजेटमा थप हुने कार्यक्रमको बारेमा अध्ययन गर्ने निर्णय गरेको छ । विगतमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको बजेटमा थप हुने रकम माग गरी अध्ययन गर्ने निर्णय गरेको उनले बताए ।
उक्त बैठकले गत असोज ६ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार असन्तुलित बजेट परिमार्जन गर्ने रकम विवरण माग गरी अध्ययन गर्ने निर्णय गरेको उपनेता चित्रकारले बताए । उनका अनुसार सहमति र निर्णयहरू कार्यान्वयन नहुने अवस्थाको अन्त्यका लागि रकम विवरण माग गरेर आवश्यक अध्ययन गर्ने निर्णय गरेको हो । असोज ६ मा बजेट कार्यक्रममा छुटेका कार्यक्रमहरू दलगत रूपमा माग गरेर समावेश गर्ने निर्णय गरिएको उनले बताए ।
त्यस्तै आइतबारको सर्वदलीय बैठकले असोज १४ मा भएको बैठकको निर्णय कार्यान्वयनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा गत असोज १४ मा विपद् प्रभावित नागरिकलाई वितरण गर्ने राहत रकमको कार्यान्वयनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको चित्रकारले बताए ।
असोज १४ को बैठकले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउन, विपदमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, अस्थायी आवास निर्माणको लागि पूर्ण क्षतिको विवरण संकलन गरी प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण