गाजा आक्रमणको विरोधमा प्रदर्शनसहित दूतावासलाई संयुक्त ज्ञापनपत्र बुझाइने
काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा प्यालिस्टिनीहरूमाथि निरन्तर गरेको आक्रमणको विरोधमा नेपालका राजनीतिक दल, बृहत् नागरिक आन्दोलन, पेसागत संगठनहरू, मजदुर संघहरू, विद्यार्थी र युवा संगठनका प्रतिनिधिहरूले नेपालस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउने भएका छन् ।
कार्तिक २६ गते दिउँसो १ बजे शंखधर पार्क(पहिलेको रत्नपार्क)मा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्दै लाजिम्पाटस्थित इजरायली दूतावासमा ज्ञापनपत्र दिन जान लागेको संयुक्त अभियानका संयोजक श्याम श्रेष्ठले जानकारी दिए ।
विरोध प्रदर्शनमा सामाजिक जीवनका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू, लेखक कलाकारहरू समेत सहभागी हुने संयोजक श्रेष्ठले जानकारी दिए ।
गाजा क्षेत्रमा एक वर्षयता ४४ हजारभन्दा ज्यादा प्यालिस्टिनीहरूको हत्या भइसकेको छ । तीमध्ये झण्डै ७० प्रतिशत महिला र केटाकेटी रहेका छन् । त्यस्तै सो क्षेत्रका ८० प्रतिशत विद्यालय र झण्डै आधा घर र अस्पताल ध्वस्त भएका समाचारहरू आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण