लेबनानमा इजरायलले पेजर विस्फोट गराएको नेतन्याहुको स्वीकार
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहका सदस्यहरूलाई लक्षित गरी इजरायलले पेजर विस्फोट गराएको कुरा पहिलो पटक स्वीकार गरेका छन् । इजरायली सञ्चारमाध्यमले नै यो विषय बाहिर ल्याएका हुन् ।
‘उनीहरू (हिजबुल्लाह)ले चेतावनीलाई बेवास्ता गरेका थिए,’ इजरायली प्रसारण निगमले लेबनानमा पेजर विस्फोटका घटनामा नेतान्याहूलाई उद्धृत गर्दै आइतबार एउटा समाचारमा भनेको थियो ।
अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प इजरायलप्रति इरानले दिँदै आएको धम्कीको विषयमा पूरै सहमत भएको पनि नेतान्याहुले स्वीकार गरेका छन् । हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युमा इजरायली जिम्मेवारी पनि नेतन्याहुले स्वीकार गरेका छन् । यी दुबै आक्रमण आफ्नो आग्रहमा सुरक्षा अधिकारीको विरोधका बाबजुद भएको पनि उनले भनेका छन् । दुवै आक्रमणको जिम्मेवारी इजरायलले आधिकारिक रूपमा स्वीकार गरेको यो पहिलो पटक हो ।
अमेरिकासँगको इजरायली सम्बन्धलाई मजबुत बनाउन हालै ट्रम्पसँग तीन पटक फोनमा कुरा भएको पनि नेतान्याहुले बताएका थिए । ‘ट्रम्पसँगको कुराकानी निकै अर्थपूर्ण थियो । इरानी खतरा र यसका सबै आयामहरूमा हामीहरू पूर्ण रूपमा सहमत छौँ । इजरायलमा शान्ति, विकास र अन्य क्षेत्रमा ठुलो अवसरहरू पनि हामीले देखिरहेका छौँ ।’ एउटा विज्ञप्तिमा उनले भनेको भन्दै समाचारमा भनिएको छ ।
इजरायली सञ्चार माध्यमका अनुसार नेतन्याहुले आइतबार सरकारी बोर्डको साप्ताहिक बैठकको शुरुमा हसन नसरल्लाहको हत्या गर्ने अपरेसन र पेजर विस्फोट दुबै सुरक्षा अधिकारीहरूको विरोधबिच गरिएको स्वीकार गरेका थिए । आक्रमणको विरोधको कुरा गर्दा उनले हालै बर्खास्त गरिएका इजरायलका पूर्व रक्षामन्त्री योभ गालान्टको नाम पनि स्पष्ट रूपमा उल्लेख गरेका थिए । नेतान्याहु र योभ गालान्टबीच केही समययता मतभेद चुलिएको थियो । उनले नोभेम्बर ५ मा गालान्टलाई रक्षामन्त्रीको पदबाट हटाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण