विद्यालयको शौचालय नजिक शव फेला
सोमबार, २६ कात्तिक २०८१, १४ : ५३
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवा स्थित ठेकराज माध्यमिक विद्यालयको शौचालय नजिक एक पुरुषको शव फेला परेको छ ।
सोमबार बिहान अन्दाजी ६० वर्षीय पुरुष व्यक्तिको सडिगली गएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको भन्दै आफन्तलाई सनाखतका लागि आउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहोराले जानकारी दिए ।
उनको हुलिया गहुँगोरो वर्ण, उचाइ ५ फिट ५ इन्च, माथिल्लो शरीरमा सेतो धर्के आस्कोट, भित्र सर्ट, तल्लो शरीरमा हाफ पाइन्ट र दाह्री फुलेको रहेको छ । मृतक शव नजिकै ढाका टोपी, घगारुको लाठी र च्यादर फेला परेको भन्दै प्रहरीले मृतक लाठी टेक्ने र टोपी लगाउने मानिस हुन सक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण