चुनावी प्रचारका लागि कमला ह्यारिसले ओपराह विनफ्रेलाई १० लाख डलर दिएको खुलासा
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजय भोगेकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई लिएर विभिन्न खुलासा भइरहेका छन् ।
उनकै पार्टीका नेताहरूले यो चुनावमा पानी जसरी पैसा बहाएको आरोप उनीमाथि लगाएका छन् । उनीमाथि करोडौँ रुपैयाँ ऋण रहेको खबर पनि आएको छ ।
छिल्लो खबरअनुसार कमला ह्यारिसको टोलीले सेलिब्रेटी ओपराह विनफ्रेको प्रोडक्सन हाउसलाई चुनावी प्रवद्र्धनमा सहयोगका लागि १० लाख डलर दिएको थियो । नेपाली रुपैयाँमा यो झन्डै १३ करोड ५३ लाख हुन आउँछ ।
ह्यारिसले अक्टोबर १५ मा १० लाख डलर भुक्तानी दिएको वासिङ्टन परीक्षकको एक रिपोर्टले दाबी गरेको छ । चुनावी अभियानका क्रममा ओपराह विनफ्रेले कमला ह्यारिससँग अन्तरवार्ता लिएकी थिइन् । त्यसपछि उनी आफ्नो अन्तिम चुनावको दिन फिलाडेल्फियामा कमला ह्यारिससँग स्टेजमा पनि देखिएकी थिइन् । यसपालिको चुनावमा विनफ्रेले ह्यारिसलाई खुलेर समर्थन गरेकी थिइन् ।
कमलाको लागि बनाइएको विशेष सेट
एलेक्स कूपरको ‘कल हर ड्याडी’मा ह्यारिसको टोलीले उनको लागि विशेष सेट बनाउन लगाएको खुलासा पनि समाचारमा गरिएको छ । यसका लागि ठुलो रकम भुक्तानी गरिएको बताइएको छ । यो अन्तरवार्ता पनि अक्टोबरमा प्रसारण भएको थियो । वासिङ्टनको एउटा होटेलको कोठामा यसको सुटिङ गरिएको थियो ।
ह्यारिसको टोलीले स्विङ स्टेटमा मतदातालाई आकर्षित गर्न करिब २ करोड डलर खर्च गरेको भन्दै न्यूयोर्क टाइम्सले समाचार छापेको थियो । चुनाव प्रचारका क्रममा ह्यारिसले गरेको खर्चलाई लिएर अहिले अमेरिकामा हंगामा सुरु भएको छ । आफ्नै दलका नेताहरूले उनीमाथि प्रश्न उठाइरहेका छन् ।
हालै डोनाल्ड ट्रम्पले पनि कमला ह्यारिसको मजाक उडाएका थिए । ह्यारिस उच्च कर्जामा रहेको खबर पनि आइरहेको छ । यसैबीच ट्रम्पले आफ्नो चुनाव प्रचार प्रसार टोलीसँग टन्नै पैसा भएको र माग्छौ भने पैसा दिन्छु भनेर ह्यारिसको खिल्ली उडाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण