कपिलवस्तुबाट डेढ महिनामा ८३ जना फरार प्रतिवादी पक्राउ
काठमाडौँ । कपिलवस्तुबाट प्रहरीले पछिल्लो डेढ महिनामा ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । असोज १३ भन्दापछि जिल्लाको विभिन्न ठाउँबाट ८३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
अदालतबाट कैद र जरिवाना ठहर भएपछि फरार प्रतिवादीहरूलाई चाडपर्वको अवसरमा मुभमेन्ट गरेको भेटेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बन पैदावार मुद्दाका १४ जना, ज्यान सम्बन्धी कसुरका २ जना, सवारी ज्यान मुद्दाका १ जना, चेक अनादर मुद्दाका ५ जना, अंश मुद्दाका ५ जना र नीलगाईको शिकार गर्नेहरु ११ जना छन् ।
फरार प्रतिवादी पक्राउ गर्न अभियान नै सञ्चालन गरिएको एसपी भट्टले बताए । उनले भने, ‘चाडपर्वको अवसरमा घरमा आउनसक्ने सूचनालाई आधार मानेर हामीले अभियान सञ्चालन गरेका थियौँ ।’
बलात्कार मुद्दामा फरार ३ जना पक्राउ परेका छन् । अदालतले ती प्रतिवादीहरूबाट ४ लाख ८७ हजार जरिवाना र ४८ वर्ष ५ महिना कैद सजाय ठहर गरेको थियो ।
कार्तिक २५ मा मात्रै १२ जना प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको एसपी भट्टले जानकारी दिए ।
२०८१ साउनदेखि असोज १२ सम्ममा १० जना प्रतिवादी पक्राउ परेका थिए । यस आर्थिक वर्षमा कपिलवस्तुबाट पक्राउ पर्ने फरार प्रतिवादीको संख्या ९३ पुगेको छ । पछिल्लो ४ महिनामा फरार प्रतिवादीहरूबाट प्रहरीले ७ लाख राजस्व संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण