कुर्स्कमा रुसको ५० हजार सेना फसेका छन्ः जेलेन्स्की
किभ । कुर्स्क क्षेत्रमा रुसको ५० हजार सेना फसेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । सो क्षेत्रमा अझै पनि आफ्नो सेनाको घुसपैठ चलिरहेको र त्यहाँ रुसको ५० हजार सेना भएको बताइएको छ ।
देशबासीको नाममा आफ्नो दैनिक सम्बोधनमा जेलेन्स्कीले यस्तो बताएका हुन् । आफ्नो सेनाको पकडका कारण सो संख्याका रुसी सेना फसिरहेको र युक्रेनमा आक्रमण गर्न सक्ने रुसको क्षमता सीमित भएको पनि उनले बताए ।
अगष्टको शुरुमा युक्रेनले घुसपैठ शुरु गर्दा कुस्र्क क्षेत्रमा रुसको ११ हजार सेना रहेको अमेरिकी गैर नाफामुलक संस्था इन्ष्टिच्यूट फर द स्टडी अफ वारले भनेको थियो । तर रुसले युक्रेनमा खटाइएका सेनालाई फिर्ता नबोलाइकनै कस्र्कमा सैन्य उपस्थिति बनाएको न्यूयोर्क टाइम्सले एउटा समाचार छापेको थियो । सो क्षेत्रमा उत्तर कोरियाली सेना पनि खटिएको समाचारमा भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण