गण्डकीमा कांग्रेस–एमाले संयन्त्र गठन
पोखरा । गण्डकी प्रदेशमा पनि सत्तारुढ दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको ६ सदस्यीय संयन्त्र गठन गरिएको हो ।
समितिमा कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्मा, मुख्यमन्त्री तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र महामन्त्री विष्णुप्रसाद लामिछाने सदस्य छन् । एमालेबाट प्रदेश इन्चार्ज किरण गुरुङ, पूर्वमुख्यमन्त्री खगराज अधिकारी र प्रदेश अध्यक्ष नवराज शर्मा सदस्य छन् ।
संयन्त्रको बैठक मंगलबार बसेको छ । बैठकले संयन्त्रको बैठकको अध्यक्षता सहमतिका आधारमा आलोपालो गर्ने निर्णय गरेको छ । यस्तै, बैठकको व्यवस्थापन पनि अध्यक्षता गर्ने दलले नै गर्नुपर्ने छ । ७ बुँदे निर्णयमा प्रदेशका सबै जिल्लामा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ भने संयुक्त सरकारको कामलाई जनतासम्म पुर्याउने, सरकारका काममा सुझाव दिने र सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेशभित्रका स्थानीय तहमा विवाद आएमा दुई दल बसेर तत्काल समाधान गर्ने, सहकार्यलाई अझै प्रभावकारी बनाउन निर्देशन दिने निर्णय गरिएको छ । संयन्त्रले हाल भइरहेका प्रदर्शनको ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ,’ संयन्त्रले भनेको छ, ‘यस्ता गतिविधिहरूलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्वयनको लागि आवश्यक सहयोग गर्न सबै पक्ष सँग हार्दिक अपिल गर्ने निर्णय गरियो ।’
बैठकको अध्यक्षता कांग्रेसका शर्माले गरेका थिए । प्रदेशभित्रका विकास निर्माणमा दुई दलको साझा धारणा बनाएर अघि बढ्ने र आगामी बैठकको संयोजक एमालेले गर्ने निर्णय गरेको एमाले इन्चार्ज किरण गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण