एक महिनासम्मका लागि बन्द भयो अमेरिकाबाट हाइटीतर्फको उडान
वासिङ्टन डीसी । अमेरिकाको उड्ययन नियामकले हाइटीतर्फ घरेलु हवाई सेवा प्रदायकहरूको उडान स्थगित गरिदिएको छ । हाइटीबाट उडेको अमेरिकी विमानमा बन्दुक आक्रमण भएको तीन दिनपछि यो निर्णय गरिएको हो । कम्तिमा पनि ३० दिनससम्म अमेरिकी हवाई सेवा प्रदायकहरूले हाइटीमा कुनै उडान गर्न पाउने छैनन् ।
राजधानी पोर्ट–अउ–प्रिन्सबाट उडेपछि जेटब्लू, स्पीरिट र अमेरिकन एयरलाइन्सको विमानमाथि सोमबार बन्दुक प्रहार भएको थियो । आक्रमणमा स्पीरिटको विमानको परिचारिकालाई सामान्य घाउ चोट लागेको भएपनि यात्रुलाई भने क्षति पुगेको थिएन ।
मंगलबार अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए)ले विमान सेवा कम्पनीहरूको नाममा एउटा सूचना जारी गर्दै जारी सुरक्षा अस्थीरताबीच उडानको सुरक्षा जोखिमका कारण हाइटीमा उडान गर्न रोक लगाएको भनेको छ ।
अमेरिकी विमानहरू अब हाइटीको भूभाग र हवाई क्षेत्रको १० हजार फिटमाथि मात्रै उड्न पाउनेछन् । स्पीरिटको उडानमाथि भएको गोलीबारीको घटनामा एफबीआईले पनि अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण