अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो पूर्णबहादुरको सारंगी
बुधबार, २८ कात्तिक २०८१, १८ : ०७
१
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ । फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ ।
फिल्मले यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी ४’को रेकड समेत तोडेको हो ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्र २ करोड ५ लाख रुपैयाँ कमाएको बताएको छ ।
विजय बराल स्टार फिल्मले धेरै कमाउने घरेलु फिल्मको रूपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।
फिल्मले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने, छोटो समयमा धेरै कमाउने लगायत विभिन्न रेकड समेत कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण