ओभल अफिसमा हात मिलाएर बाइडेनले गरे डोनाल्ड ट्रम्पलाई स्वागत
वासिङटन डीसी । अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई हात मिलाएर स्वागत गरेका छन् । दुवैबिच ओभल अफिसमा भेटवार्ता भएको छ ।
खबरका अनुसार जनवरी २० मा ट्रम्पको शपथ ग्रहण अघि, बाइडेन प्रशासनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्न आवश्यक वार्ता र औपचारिकताहरू पूरा गरिरहेको छ । यस सन्दर्भमा, बाइडेनले परम्परागत रूपमा ट्रम्पलाई निम्तो दिएका थिए । त्यसपछि दुवैले बुधबार भेटेका हुन् ।
हात मिलाएर गरे अभिवादन
समाचार एजेन्सी एपीमा छापिएको समाचार अनुसार ओभल अफिसको बैठकमा बाइडेनले ट्रम्पलाई हात मिलाएर अभिवादन गरेका थिए । डेमोक्रेटिक प्रशासनबाट रिपब्लिकन क्याम्पमा सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा सम्पन्न हुने पनि खबरमा भनिएको छ । यस विषयमा औपचारिक सहमति भएको छ ।
ह्वाइट हाउसबाट जारी विज्ञप्ति अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेनले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेकी छिन् ।
राष्ट्रपति बाइडेनको साथमा ट्र्रम्पलाई स्वागत गर्न आएकी जिल बाइडेनले ट्रम्पलाई हस्तलिखित बधाई पत्र दिएकी थिइन् । बाइडेनको टोलीले पनि ट्रम्पलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया पूरा गर्न तयार रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण