मलेसियाको जनसंख्या १.६ प्रतिशतले बढ्यो
बिहीबार, २९ कात्तिक २०८१, १४ : १५
मलेसिया । मलेसियाको कुल जनसंख्या ३४.१ मिलियन पुुगेको छ । यस वर्षको तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले बढेर सो संख्या पुगेको आधिकारिक तथ्यांकले देखाएको छ ।
सोही अवधिमा जन्मदरमा कमी आएपछि जनसंख्या वृद्धि दरमा पनि केही कमी आउन थालेको तथ्याङ्क मलेसिया विभागले जनाएको छ ।
कुल जनसङ्ख्यामा ९० प्रतिशत नागरिक र १० प्रतिशत गैर नागरिक थिए । गत वर्षको १७.६ मिलियनमा पुरुषको संख्या बढेर १७.९ मिलियन पुगेको छ भने महिला १६ करोडबाट बढेर १६.२ मिलियन पुगेको छ ।
तेस्रो त्रैमासिकमा मलेसियनहरूको जनसंख्या ५८.१ प्रतिशत रहेको छ भने चिनियाँ र भारतीय जनसंख्या एक वर्ष अघिको २२.५ प्रतिशत र ६.६ प्रतिशतको तुलनामा क्रमशः २२.४ प्रतिशत र ६.५ प्रतिशतमा झरेको छ ।
तेस्रो त्रैमासिकमा कुल ४८ हजार ३१७ जनाको मृत्यु भएको छ । जुन गत वर्षको तुलनामा १.९ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण