मलेसियाको जनसंख्या १.६ प्रतिशतले बढ्यो
बिहीबार, २९ कात्तिक २०८१, १४ : १५

मलेसिया । मलेसियाको कुल जनसंख्या ३४.१ मिलियन पुुगेको छ । यस वर्षको तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले बढेर सो संख्या पुगेको आधिकारिक तथ्यांकले देखाएको छ ।
सोही अवधिमा जन्मदरमा कमी आएपछि जनसंख्या वृद्धि दरमा पनि केही कमी आउन थालेको तथ्याङ्क मलेसिया विभागले जनाएको छ ।
कुल जनसङ्ख्यामा ९० प्रतिशत नागरिक र १० प्रतिशत गैर नागरिक थिए । गत वर्षको १७.६ मिलियनमा पुरुषको संख्या बढेर १७.९ मिलियन पुगेको छ भने महिला १६ करोडबाट बढेर १६.२ मिलियन पुगेको छ ।
तेस्रो त्रैमासिकमा मलेसियनहरूको जनसंख्या ५८.१ प्रतिशत रहेको छ भने चिनियाँ र भारतीय जनसंख्या एक वर्ष अघिको २२.५ प्रतिशत र ६.६ प्रतिशतको तुलनामा क्रमशः २२.४ प्रतिशत र ६.५ प्रतिशतमा झरेको छ ।
तेस्रो त्रैमासिकमा कुल ४८ हजार ३१७ जनाको मृत्यु भएको छ । जुन गत वर्षको तुलनामा १.९ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा