ट्रम्पले केनेडी जूनियरलाई बनाए स्वास्थ्यमन्त्री
शुक्रबार, ३० कात्तिक २०८१, १० : ३१
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् । आफ्नो एक पोस्टमा ट्रम्पले यसको जानकारी दिएका हुन् ।
रोबर्ट एफ केनेडी जूनियरले पनि २०२४ को राष्ट्रपति चुनावमा स्वतन्त्रबाट उठेका थिए । तर पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर ट्रम्पलाई आफ्नो समर्थन दिए ।
उनी कोभिडविरुद्धको खोप अभियानको विरोधीको रूपमा पनि चिनिन्छन् । सिनेटले पनि केनेडीको नामलाई स्वास्थ्यमन्त्रीमा अनुमोदन गरेको छ । अमेरिकी स्वास्थ्य मन्त्रायलयले खाद्य र औषधि प्रशासन सहित ११ एजेन्सीहरूको निरीक्षण गर्दछ ।
रोबर्ट एफ केनेडी जूनियरले आफ्नो एक पूर्व पोस्टमा डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने बताएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण