ट्रम्पले केनेडी जूनियरलाई बनाए स्वास्थ्यमन्त्री
शुक्रबार, ३० कात्तिक २०८१, १० : ३१

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् । आफ्नो एक पोस्टमा ट्रम्पले यसको जानकारी दिएका हुन् ।
रोबर्ट एफ केनेडी जूनियरले पनि २०२४ को राष्ट्रपति चुनावमा स्वतन्त्रबाट उठेका थिए । तर पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर ट्रम्पलाई आफ्नो समर्थन दिए ।
उनी कोभिडविरुद्धको खोप अभियानको विरोधीको रूपमा पनि चिनिन्छन् । सिनेटले पनि केनेडीको नामलाई स्वास्थ्यमन्त्रीमा अनुमोदन गरेको छ । अमेरिकी स्वास्थ्य मन्त्रायलयले खाद्य र औषधि प्रशासन सहित ११ एजेन्सीहरूको निरीक्षण गर्दछ ।
रोबर्ट एफ केनेडी जूनियरले आफ्नो एक पूर्व पोस्टमा डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट
-
कोशी प्रदेश ‘प्रथम’ लगानी सम्मेलनको उपलब्धि
-
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट थाल्यो काम
-
आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन
-
करिब ८६ प्रतिशत निर्माण पूरा हुँदा यस्तो देखियो सिंहदरबारमा निर्माणाधीन संसद् भवन (तस्बिरहरू)
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना