शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोक सेवा आयोगको सहयोगमा त्रिविका उपप्राध्यापक पदको लिखित परीक्षा हुँदै

शुक्रबार, ३० कात्तिक २०८१, ११ : १४
शुक्रबार, ३० कात्तिक २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपप्राध्यापक पदको लिखित परीक्षा पुनः सुरु भएको छ । गत असोजपछि रोकिएको परीक्षा त्रिवि सेवा आयोगले लोक सेवा आयोगसँगको समन्वयमा परीक्षा सञ्चालन गरेको हो ।

 त्रिविमा परीक्षा सञ्चालन गर्न सकिने वातावरण नभएपछि आयोगले लिखित परीक्षा सञ्चालनका लागि लोक सेवा आयोगलाई पत्राचार गरेको थियो । उक्त पत्राचारपछि लोक सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्दै आएको हो ।

आज व्यवस्थापन र जनप्रशासन विषयको प्रथम पत्रको परीक्षा सञ्चालन गरिएको छ । त्रिवि सेवा आयोगको कार्यालयका प्रमुख केदार नाथ ढकालले अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय र मध्यबानेश्वरस्थित रत्नराज् माविमा परीक्षा सञ्चालन गरिएको बताए ।

२०७७ फागुन ९ गते र २०७८ असार १५ गते विभिन्न विषयको उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरेको थियो । जसमध्ये गत भदौ ५ गते केही विषयको परीक्षा सञ्चालन भएको थियो । त्यस्तै असोज ६ गते हुने भनिएको अर्को परीक्षा असोज १९ गतेका लागि सारिएको थियो । त्यस बाहेक अन्य विषयको परीक्षा हुन सकेको थिएन ।

केही विषयको परीक्षा भने सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सञ्चालन भएको थियो । त्यसपछि कात्तिक ३० गतेका लागि परीक्षा मिति तोकिएको थियो । तर, त्यसका विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चको कात्तिक २८ गते रिटमाथि अन्तरिम आदेश दिननपर्ने आदेश जारी गरेसँगै आयोगलाई परीक्षा सञ्चालन गर्ने बाटो खोलेको थियो ।

सेवा आयोगले लिनुपर्ने परीक्षा सञ्चालनको जिम्मेवारी लोक सेवा आयोगलाई दिइएको भन्दै त्यो रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चले तत्काल परीक्षा रोक्नुपर्ने र तोकिएको मिति सञ्चालन गर्नुपर्ने आदेश जारी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप