वर्ल्ड लिङ्कको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढ्यो, प्राधिकरणलाई बुझायो २ अर्ब १५ करोड
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसनको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढेको छ । सो कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत बुझाउनुपर्ने रकम बुझाएपछि नवीकरण प्रक्रिया अघि बढेको हो ।
आज सो वर्ल्ड लिङ्कले २ अर्ब १५ करोड रुपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणमा दाखिला गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । योसँगै प्राधिकणबाट हुनुपर्ने नियमानुसाको काम आजैदेखि अघि बढ्ने उनले बताए ।
वर्ल्ड लिङ्कले बुझाएको रकममध्ये रोयल्टीबापत १ अर्ब ३८ करोड ९० लाख र ग्रामीण दूरसञ्चार विकास शुल्कबापत ७६ करोड २३ लाख रहेको छ । २०५५ सालमा लाइसेन्स पाएको वर्ल्ड लिङ्कको लाइसेन्स अवधि गत चैतमा सकिएको थियो । तर, विभिन्न कारणले ९ महिनादेखि लाइसेन्स नवीकरण हुन सकेको थिएन ।
दूरसञ्चार ऐनले पहिलोपटक लाइसेन्स अवधि २५ वर्ष हुने, त्यसपछि पहिलोपटक १० वर्ष र त्यसपछि ५–५ वर्ष नबढाइए लाइसेन्स नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण